नियम
छापाखाना दर्ता गराउनु पर्ने
(१) ऐनको दफा ३ बमोजिम छापाखाना सञ्चालन गर्न
चाहने व्यक्तिले अनुसूची–१ बमोजिमको ढा“चामा स्थानीय अधिकारी समक्ष दरखास्त दिनु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दरखास्त प्राप्त भएपछि स्थानीय अधिकारीले एक
हजार रुपैयाँ दस्तुर लिई दरखास्तवालालाई छापाखाना सञ्चालन गर्न अनुसूची–२ बमोजिमको
ढा“चामा प्रमाणपत्र दिनृु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्रमाणपत्र दिएपछि स्थानीय अधिकारीले छापाखाना
सम्बन्धी विवरण अनुसूची–३ बमोजिमको दर्ता किताबमा जनाइ राख्नु पर्नेछ ।